२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने



अ+ अ-

काठमाडौँ: नेपालको साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका सङ्गीतकार नातिकाजी श्रेष्ठको स्मृतिमा नातिकाजी स्मृति समाजले विभिन्न साङ्गीतिक हस्तीलाई पुरस्कृत गर्ने भएको छ ।

नातिकाजी स्मृति समाजको कार्यसमितिको हिजाे बसेको बैठकले विभिन्न कलाकार तथा स्रष्टालाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समाजले एक विज्ञप्ति जारी गर्दै ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, गायक जुजुकाजी रञ्जीत, गीतकार वीरेन्द्र पाठक, गायक शशी गुरुङ, गायक गणेश पराजुली, गीतकार/गायक/सङ्गीतकार डा भीमार्जुन आचार्य, सङ्गीतकार निर्वाणसिंह गुरुङ, गीतकार साबु गदाल, गीतकार तथा सङ्गीतकार अष्ट लामालाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’बाट गीतकार मनोज खड्का, गायक रोशन गुरुङ, सङ्गीतकार ताराप्रकाश लिम्बू, गायिका सरिता शाही, एरेन्जर चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारीलाई पुरस्कृत गरिनेछ । ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’बाट गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा तथा गायिका विपना तामाङलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’बाट प्रमोद उपाध्यायलाई पुरस्कृत गरिनेछ भने ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ पत्रकार अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गर्ने निणय भएको समाजले जनाएको छ ।

हरेक वर्ष नातिकाजी श्रेष्ठको जन्मजयन्ती (पुस ३ गते) का दिन पुरस्कार घोषणा गर्दै आएकामा आमनिर्वाचन तथा विविध कारणले यस वर्षको पुरस्कार घोषणामा ढिलाइ समाजका सचिव विश्वास घिमिरेले जानकारी दिनुभयो । सम्मान तथा पुरस्कार सम्र्पण कार्यक्रमको मिति, समय र स्थानपछि सार्वजनिक गरिने उहाँले बताउनुभयो ।