२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

“हामी सबै सक्षम छौं” विषयमा शनिबार च्यारिटी गल्फ प्रतियोगिता हुने



अ+ अ-

काठमाडौं: अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि कार्यरत सक्षमता विकास समाज नेपाल (ADSoN) ले आफ्नो वार्षिक कोष संकलन कार्यक्रमअन्तर्गत १०औँ “हामी सबै सक्षम छौं” च्यारिटी गल्फ प्रतियोगिताको घोषणा गरेको छ।

उक्त प्रतियोगिता २०८३ जेठ ९ गते शनिबार गोकर्ण गल्फ क्लबमा आयोजना हुनेछ।

संस्थाले प्रतियोगितामार्फत अपाङ्गता भएका व्यक्तिहरूको समावेशी शिक्षा, पुनःस्थापना तथा जीविकोपार्जनका अवसर विस्तार गर्ने लक्ष्य लिएको छ। यस कार्यक्रममा गल्फ खेलाडी, कर्पोरेट साझेदार, विकास साझेदार संस्था तथा शुभेच्छुकहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

सन् २०१४ मा स्थापना भएको ADSoN ले हालसम्म विपन्न बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य सेवा, सीप विकास तथा दिगो जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ। च्यारिटी गल्फ प्रतियोगिता संस्थाको प्रमुख कोष संकलन तथा जनचेतना अभिवृद्धि गर्ने माध्यमको रूपमा रहँदै आएको छ।

अघिल्ला नौ संस्करणबाट उल्लेखनीय उपलब्धिहरू हासिल भएको पनि एड्सोनले जनाएको छ । जसअनुसार १०० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको, ३१५ जना दृष्टिविहीन तथा न्यून दृष्टि भएका विद्यार्थीलाई ब्रेल तथा स्पर्शशील शैक्षिक सामग्री उपलब्ध गराइएको, तथा दर्जनौँ अपाङ्गता भएका व्यक्तिहरूलाई उपचार, शल्यक्रिया र सहायक सामग्री प्रदान गरिएको उल्लेख छ।

त्यस्तै, ६७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई जैविक खेती र कुखुरा पालनसम्बन्धी तालिम दिइएकोमा ३२ जना हाल आम्दानीमुखी कृषि व्यवसायमा संलग्न रहेका छन्।

यस वर्षको प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र सम्मानजनक जीवनयापनतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ।

संस्थाले प्रतियोगितामा सहभागी हुन, प्रायोजन गर्न तथा दानमार्फत सहयोग गर्न सबै पक्षसँग अनुरोध गरेको छ।




भर्खरै