२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पोर्चुगलले त्यहाँ बसोबास गरिरहेका नेपाली समुदायका समसामयिक समस्या समाधानका लागि सर्वपक्षीय बैठक आयोजना गर्ने भएको छ।

संघका अनुसार अप्रिल ५ (आइतबार) लिस्बनस्थित ‘द मण्डला हाउस’मा दिउँसो ३ बजे हुने उक्त बैठकमा विशेषगरी आइमा (आवेदन) प्रक्रियासम्बन्धी जटिलता, युरोपका विभिन्न देशमा अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई फिर्ता पठाउने प्रक्रिया, तथा गलत कागजातका कारण २० दिनभित्र देश छोड्नुपर्ने सूचनाजस्ता संवेदनशील विषयमा विस्तृत छलफल गरिनेछ।

एनआरएनए एनसीसी पोर्चुगलले नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता जटिल समस्याहरूलाई जिम्मेवारीपूर्वक समाधानतर्फ लैजान सम्बन्धित निकायहरूसँग कसरी प्रभावकारी समन्वय र सहकार्य गर्ने भन्नेबारे पनि बैठकमा विशेष बहस हुने जनाएको छ। संघले पोर्चुगलमा क्रियाशील विभिन्न संघ–संस्था, अभियन्ता तथा युवा प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। कार्यक्रमको संयोजन सचिव सुरज भण्डारीले गर्ने जनाइएको छ।

यसैबीच, नेपाल सरकार पनि पोर्चुगलमा रहेका नेपालीहरूको समस्याप्रति संवेदनशील देखिएको छ। नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगल गणतन्त्रका राज्य तथा परराष्ट्रमन्त्री पाउलो रंगेलबीच टेलिफोन संवाद भएको थियाे। उक्त वार्तामा पोर्चुगलमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले भोगिरहेका कानुनी तथा प्रक्रियागत जटिलताका विषयमा गम्भीर छलफल भएको जनाइएको छ।

पछिल्लो समय पोर्चुगलमा रहेका २ हजारभन्दा बढी नेपाली नागरिक कागजी प्रक्रिया र प्रशासनिक जटिलताका कारण समस्यामा परेको उल्लेख गर्दै दुवै देशका मन्त्रीहरूले समाधानका उपायहरूबारे समेत विचार आदान–प्रदान गरेका थिए।




भर्खरै