२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले



फाइल फोटो
अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताउनुभयो ।

“प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ । त्यस रफ्तारमा काम हुन थालेको छ । सिङ्गो सङ्घीय सरकार त्यो रफ्तारलाई पछ्याइरहेको छ”, मन्त्री डा वाग्लेले भन्नुभयो, ‘‘हाल मन्त्रालयबीच नै कसले तीव्र रफ्तारमा काम गर्ने भनेर होडबाजी नै चलेको छ । राम्रो काम गर्नका लागि एउटा मन्त्रालयको गतिलाई अर्काे मन्त्रालयको गतिले उछिन्ने काम पनि भइरहेको छ ।’’

उहाँले आफूले अर्थमन्त्रीमा बहाल भएको दिनदेखि नै उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयत्न गरेको बताउनुभयो । “यहाँका उद्योगी–व्यवसायीहरूले वर्षाँैदेखि हैरानी भएको गुनासो छ । सोही गुनासोलाई पहिलो दिनदेखि सम्बोधन गर्ने प्रयास गर्दै आइरहेका छौँ”, डा वाग्लले भन्नुभयो ।

उहाँले आफ्नो अग्रज पूर्वमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा लेखिएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनले सिफारिस गरेका केही कुराहरूलाई सम्बोधन गर्ने प्रयास गरेको दाबी गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले अर्थमन्त्रीको पदवहाल गर्ने वित्तिकै राजस्व अनुसन्धान विभागको खारेजी र साङ्केतिक रूपमा १५ वटा पुराना असान्दर्भिक ऐनहरू खारेजी गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“यो सुरुआत मात्रै हो, थप काम अगाडि बढ्दै छन् ।

विगतमा गठबन्धन सरकारले काम गर्न यो वा त्यो बाहना गर्थे, जनताले अभूतपूर्व मत दिएकाले अब त्यो छुट हामीलाई छैन । त्यसैले राम्रो काम गर्न सुरु गरिसकेका छौँ ।” अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उद्योगमैत्री नीति नहुँदा उद्योगी व्यवसायीहरू मर्कामा परेको गुनासो गर्नुभयो । उहाँले उद्योगको प्राथमिक कच्चापदार्थको रूपमा रहेको बिजुली नियमित र भरपर्दाे व्यवस्था गर्न आग्रह गर्नुभयो ।