२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा विवादबारे भारतीय दूतावासलाई नेमकिपाको विरोधपत्र



अ+ अ-

काठमाडौं । कालापानी र लिपुलेकअंकित भारतीय नक्सा खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले भारतीय दूतावासमा विरोधपत्र बुझाएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा पार्टीले जिल्ला र क्षेत्रीयस्तर हुँदै काठमाडौं उपत्यकामा प्रदर्शन र धर्नापछि विरोधपत्र बुझाएको केन्द्रीय सदस्य सुरेन्द्रराज गोर्साइंले बताए । नेमकिपाले काठमाडौंमा सोमबार रत्नपार्कदेखि लैनचौरसम्म प्रदर्शन गरेको थियो । यसअघि पार्टीका संगठन भएका २५ भन्दा बढी जिल्लामा पनि विरोध प्रदर्शन गरिएको गोर्साइंले जानकारी दिए ।

नेमकिपाले बुझाएको विरोधपत्रमा भारतले नेपाली भूमिप्रति गरेको बलमिचाइँको कारण दुई देशबीचको सम्बन्धमा गतिरोध उत्पन्न भएको उल्लेख छ । नेमकिपाले अतिक्रमित भूमि तत्काल फिर्ता दिन समेतमाग गरेको छ । नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले ज्ञापनपत्र बुझाउँदै नेपाल र बेलायत–भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि पश्चिमसम्मको भाग नेपालकै भएको धारणा राखे ।

उनले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत भारतमा गाभेर तयार गरिएको नयाँ नक्सा अविलम्ब खारेज गर्नुपर्ने बताए । विरोधपत्र बुझ्दै भारतीय दूतावासका द्वितीय सचिव डा. अजय कुमारले नेपाली जनताका माग र धारणाबारे आफूहरू जानकार भएको प्रतिक्रिया दिए । सीमा विवादको समस्या आपसी छलफलमा टुंग्याउनुपर्ने बताउँदै ज्ञापनपत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुर्याउने उनले बताए ।

प्रदर्शनका क्रममा दूतावास घेराउ गर्दै नेमकिपाका नेता–कार्यकर्ताले भारतीय हस्तक्षेप बन्द गर्, भारतको नक्सा खारेज गर्, कालापानी हाम्रै हो, लिपुलेक पनि हामै्र हो, भारतीय सेना कालापानी छोड् भन्दै नाराबाजीसमेत गरेका थिए । धर्ना र प्रदर्शनमा नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद सिर्जना सैँजू, नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिलगायत केन्द्रीय नेता–कार्यकर्ता सहभागी थिए । नयाँ पत्रिका दैनिकबाट