२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदर्शनीमा पाठकको भीड



अ+ अ-

काठमाडौं । सहुलियतरूपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ आयोजित पुस्तक प्रदर्शनीमा पाठकको भीड बढेको छ । सहुलियत दरमा पुस्तक उपल्ब्ध गराई पाठकमा पठन संस्कृति विकास गर्ने लक्ष्यका साथ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदर्शनीको आयोजना गरेको हो । प्रतिष्ठानले १ मंसिरदेखि एक महिने पुस्तक प्रदर्शनी सुरु गरेको थियो । प्रतिष्ठानको वार्षिक कार्यक्रमअन्तर्गत प्रदर्शनी सुरु गरिएको हो । दैनिक सयौँ पाठक अध्ययन एवं पुस्तक खरिदका लागि आएको कार्यक्रम संयोजक सुधीर ढुंगेलले जानकारी दिए ।

उनका अनुसार मंसिर २० गतेसम्म ६ लाखभन्दा बढीको पुस्तक बिक्री भइसकेको छ । प्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको समाचार सुनेर हेर्न आउँदा केही खरिद गरेको ललितपुर महालक्ष्मी नगरपालिकाबाट आएका श्यामकृष्ण महर्जनले बताए । प्रतिष्ठानबाहेकका प्रकाशनका साहित्यिक पुस्तक पनि समेटिएको भए राम्रो हुने उनको सुझाब छ । प्रदर्शनीमा दुईदेखि एक हजार चार सयसम्मका पुस्तक राखिएको छ । प्रतिष्ठानले प्रकाशन गरेका पाँच सय प्रकारका पुस्तक र एक सय प्रकारका पत्रिका सहुलियत मूल्यमा खरिद गर्न सकिने ढुंगेलले सुनाए ।

प्रदर्शनीमा दुईको ‘काव्य अर्चना’ एक हजार चार सयको ‘प्रज्ञा नेपाली–अंग्रेजी शब्दकोश’ छन् ।यसैगरी, पछिल्लो समय बजारमा आएका डा. बद्री पोखरेलको ‘अर्थशास्त्रका शब्दावली’, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ‘कर्मदर्शन’, जगत्प्रसाद उपाध्याय र विष्णुप्रभातले सम्पादन गरेको ‘दर्शनावली–६’, हेमनाथ पौडेल, सुरेन उप्रेती, शशी लुमुम्बुलगायतले सम्पादन गरेको ‘अन्तर्देशीय नेपाली कथाहरू’ पनि प्रदर्शनीमा छन् । प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्मको सहुलियत दिएर पुस्तक बिक्री भइरहेको छ । मंसिर मसान्तसम्म आयोजित प्रदर्शनीप्रति पाठकको रुचि बढेमा पृथ्वीजयन्ती अर्थात् पुस २७ गतेसम्म विस्तार गर्न सकिने संयोजक ढुंगेलले बताए ।

प्रदर्शनीमा प्रकाशन मितिदेखि वि।सं ०५५ सम्मका प्रतिष्ठानले प्रकाशन गरेका ‘समकालीन साहित्य’, ‘प्रज्ञा’, ‘सयपत्री’, ‘कविता’ लगायत पत्रिका पाँचमै उपलब्ध गराइने जनाइएको छ ।भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट पुस्तक लिन आएकी रमा खड्का देशभरबाट प्रकाशन हुने साहित्यिक पत्रिका प्रतिष्ठानमा खरिद गर्न पाउने व्यवस्था भए पाठकलाई सहज हुने बताउँछिन् । उनले मोफसलबाट समेत उत्कृष्ट साहित्यिक पत्रिका प्रकाशन भइरहेकामा राजधानीका पाठकले सहजरूपमा पाउने व्यवस्था गर्न प्रतिष्ठान तथा साझा प्रकाशनलगायतले सहयोग गर्नुपर्ने जिकिर गरिन् । सौर्य दैनिकबाट