२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्जिवको ‘नाइँ नाइँ हुन्न हुन्न’ सार्वजनिक



अ+ अ-

काठमाडौं । छोटो समयमै लोकप्रियताको शिखरमा पुगेका गायक सन्जिव पराजुलीको नयाँ गीत ‘नाइँ नाइँ हुन्न हुन्न’ को भिडियो सार्वजनिक भएको छ । गायक पराजुलीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् । मानस राजको शब्दरचना र सङ्गीत रहेको यस गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । गीत एल्बम ‘उडान-२’ मा समावेश गरिएको छ ।

गायक सन्जिवको ‘नाइँ मलाई थाहा छैन’, ‘कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’, ‘हिट हिट’, लगायतका गीतहरु अत्याधिक चर्चामा रहेका छन् भने गायिका सुजाताको ‘आएँ म त परेर चिटिक्कै’, ‘हात थामी’, ‘तिम्रो मौन इशारा’ लगायतका गीतहरुले लाखौं दर्शक श्रोताको मन जितेका छन् ।

हालै सार्वजनिक भएको यो गीत जति कर्णप्रिय छ गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । मनमोहक लोकेशन अनि चर्चित डान्स ग्रुप ‘कार्टुन क्रिउ’ को प्रस्तुति रहेको यस गीतको भिडियो निकै अलग कन्सेप्टमा तयार गरिएको छ । डान्स ग्रुपका सदस्य सरोज अधिकारीको निर्देशनमा तयार भएको यस गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने भिडियोमा डान्स ग्रुपका सम्पूर्ण टिमको प्रस्तुति रहेको छ ।

भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । लामो समय अघिदेखि अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका सन्जिवले आफ्नै युट्युव च्यानल सन्जिव पराजुली बाट भिडियो रिलिज गरेका छन् ।

हेरौ भिडियो :