२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीले उत्तरपुस्तिका नै साटेर उत्तीर्ण गरायो



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीले विद्यार्थीले उत्तरपुस्तिका नै साटेर उत्तीर्ण गराएको खुलेको छ । परीक्षार्थीको उत्तरपुस्तिकालाई साटेर नयाँ उत्तरपुस्तिका ल्याएर पास बनाएको खुलेको हो । सामान्यताः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्र्तीण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानुन र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले नै बदमासी गर्लान् भनेर कल्पनासमेत गर्न सकिँदैन । तर देशकै ठूलो र पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका कर्मचारीले नै परीक्षाको मर्यादा नराखेको पाइएको हो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्तांक फेरबदल, साटासाट गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पाना घर लगेर विज्ञलाई लेख्न लगाइएको पाइएको छ । बाहिर अन्य व्यक्तिलाई नै लेख्न लगाइएको उत्तरपुस्तिकापछि वास्तविक कभरपेजमा नत्थी गरी गैरकानुनी काम गरेको अभियोगमा आयोगले आइतबार चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको लेखा शाखामा कार्यरत लेखा अधिकृत कमलप्रसाद दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक तेजनारायण चौधरीमार्फत उत्तर पुस्तिाका साटेर गर्न लगाएको पाइएको छ । चौधरीले सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी पुस्तिका साटफेर गरेको पाइएको छ ।

परीक्षार्थी आलेमगर र कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरी आफ्नो ओहोदा र पदको दुरुपयोग गरेको आयोगको अध्ययनमा फेला परेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उत्तरपुस्तिका साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरी लाभ दिने दिलाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सौर्य दैनिकबाट