२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियुक्तसँग असुलेको ९० हजार फिर्ता गरे दोलखाका सिडिओले, अभियुक्तले सार्वजनिक गरे रकम



अ+ अ-

दोलखा । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य खुलेको छ । उनले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार असुलेका हुन् । रिजालले सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए । दुवै घटनामा उनले कम रकमको रसिद काटेर बढी रकम लिएका थिए ।

तर, कर्तुत सार्वजनिक हुने डरले सिडिओ रिजालले बिहीबार नै रकम फिर्ता गरेका छन् । सिडिओ रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै काम गरेका कर्मचारी हुन् । विगतमा भ्रष्टाचारको अनुसन्धान गरेका कर्मचारी अहिले आफैँ सर्वसाधारणसँग बार्गेनिङ गरेर पैसा असुलेको घटनामा जिल्ला प्रशासनका कर्मचारीसमेत आश्चर्यमा परेका छन् ।

गोप्य कोठामा अभियुक्तसँग रकम बार्गेनिङ:मेलुङ गाउँपालिका–४ भेड्पु निवासी लामा जनप्रतिनिधिमाथि हातपातको आरोपमा २४ दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा थिए । उनलाई प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । २४ दिन पूरा भएपछि प्रहरीले मंगलबार लामालाई प्रमुख जिल्ला अधिकारी रिजालसमक्ष थुनछेक बहसमा पठायो । प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालयमा लगे पनि कार्यालय समयभन्दा ढिला पुगेको भन्दै त्यत्तिकै फिर्ता पठाइदियो । मुद्दाको बहस हुन सकेन ।

बुधबार पुनः उनलाई जिल्ला प्रशासन कार्यालय लगियो । थुनछेक बहसकै क्रममा लामालाई सिडिओ रिजालले यसअघि पनि दुईवटा मुद्दामा परेको भन्दै धरौटीमा छोड्न नमिल्ने बताए । उनले चेम्बरसँगैको अर्को गोप्य कोठामा लगेर लामालाई ‘यसअघि नै तिमीविरुद्ध दुईवटा मुद्दा परेकाले धरौटीमा छोड्न मिल्दैन’ भन्दै रकम बार्गेनिङ गरे ।

लामाले आफ्नो सानो बच्चा रहेको भन्दै परिवारमा अप्ठेरो भएकाले धरौटीमा छोडिदिन रिजालसँग आग्रह गरे । त्यसपछि उनले ‘मलाई रिक्स छ, एकपटकलाई बच्यौ एक लाख धरौटी लाग्छ’ भनेका थिए । सिडिओ रिजालले घुस रकम मागेपछि लामा परिवारले ऋण खोज्दै एक लाख जुटाएर बुझाएको लामाकी श्रीमती रेणु तामाङले बताइन् ।

१० हजारको रसिद काटेपछि खुल्यो पोल: सिडिओ रिजालले कुमार लामासँग एक लाख लिएर दस हजारको मात्रै रसिद दिएपछि यो तथ्य बाहिर आएको हो । बुधबार रकम बुझाएर हिरासतबाट बाहिर निस्कँदा साँझ परिसकेको थियो । घर पुगेपछि लामा परिवारले रसिद हेरे । त्यहाँ जम्मा १० हजार मात्र उल्लेख भएको देखेपछि आश्चर्यमा परे । बिहीबार बिहान लामा परिवार जिल्ला प्रशासन कार्यालय आइपुग्यो । त्यहाँ कालिञ्चोकका उदिम तमाङ र इन्द्रबहादुर तामाङ भेटिए । सिडिओले आफूहरूसँग बढी पैसा लिएकाले फिर्ता माग्नुपर्ने उनीहरूबीच छलफल भयो ।

त्यसपछि उनीहरूले जिल्लाका मिडियालाई खबर गरे ।लामाकी श्रीमती रेणु तामाङ जिल्ला प्रशासन कार्यालय गएर रिजालसँग ‘सिडियो साब हाम्रो बाँकी ९० हजार रुपैयाँ खै’ भनेर प्रश्न गर्न थालिन् । सामान्य घटनामा पनि धेरै पैसा लिएको भन्दै कराउन थालेपछि रिजाल झस्किए । रिजालले बाहिर हल्ला नगरिदिनु भन्दै फोनसमेत अफ गर्न लगाई गाडीमा राखेर क्वार्टरतर्फ लगे । पत्रिकाले बेरेको कागजमा ९० हजार राखेर तामाङलाई फिर्ता गरे ।

सिडिओ रिजालले आफूले बढी लिएको रकम फिर्ता गरेको स्विकारेका छन् । उनले त्यो रकम आफूले राख्न नभई लामाबाट पीडित भएका मानिसलाई क्षतिपूर्ति दिलाउन लिएको, तर उनीहरू नआएकाले फिर्ता गरेको दाबी गरे । तर, कानुनमा पीडितलाई क्षतिपूर्ति दिलाउन सिडिओले पैसा लिन पाउने प्रावधान नै छैन ।

१४ हजारको रसिद दिएर ३५ हजार लिए:यअभियुक्तसँग असुलेको ९० हजार फिर्ता गरे दोलखाका सिडिओले, अभियुक्तले सार्वजनिक गरे रकम स्तै, सिडिओ रिजालले कालिञ्चोक गाउँपालिका–१ का उदिम तमाङ र इन्द्रबहादुर तमाङबाट पनि मंगलबार सार्वजनिक सुरक्षा कसुरको थुनछेक बहसमा १४ हजारको नगदी रसिद दिएर ३५ हजार रुपैयाँ लिएका थिए । बिहीबार पत्रकारहरूलाई भेटेर पीडितहरूले सामान्य मुद्दामा पनि सिडिओ कार्यालयजस्तो ठाउँमा घुस दिनुपरेको भन्दै दुखेसो पोखेका छन् । तर, रिजालले सो रकम पीडित भनिएकालाई क्षतिपूर्ति दिन लिएको भन्दै गोलमटोल जवाफ दिए । नयाँ पत्रिका दैनिकबाट