२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अन्तर्राष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छ’



अ+ अ-

धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्नुभयो ।

पूर्वउपप्रधान मन्त्रीसमेत रहनुभएको अध्यक्ष केसीले भन्नुभयो, “मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन ।”

मिचिएको भूमि फिर्ता गराउन दबाब सिर्जना गर्नका लागि ‘कालापानी अभियान‘ अन्तर्गत मोटरसाइकल ¥यालीका साथै विभिन्न १२ ठाउँमा सभा गरिएको सो पार्टीले जनाएको छ ।