२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

४२,७४२ गुनासा विश्लेषण: ३५ हजार ७९ जना लाभग्राहीमा नै परेनन्



अ+ अ-

काठमाडौं। लाभग्राही सूचीबाट वञ्चित भएपछि सहभागी हुनका लागि गुनासो दर्ता गराएका ३५ हजार ७९ जना गुनासोकर्ताले सरकारले प्रदान गर्ने अनुदान नपाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३५ हजार ७९ जना गुनासोकर्तालाई गैरलाभग्राही कायम गर्ने निर्णय गरेको हो । प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्भेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही सूचीमा राख्न नपर्ने निर्णय गरेको हो ।

समिति बैठकले ४ हजार ६ सय ४४ भूकम्प पीडितलाई पुनर्निर्माण लाभग्राही थप गरेको छ । प्राधिकरणले ४२ हजार ७ सय ४२ गुनासोमाथि विश्लेषण गरेको थियो । प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्भेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ४ हजार ६ सय ४४ लाई लाभग्राहीको सुचीमा समेट्ने निर्णय गरेको हो भने ३५ हजार ७९ जना गुनासोकर्तालाई गैरलाभग्राहीमा राखेको हो । कार्यकारी समितिले ४ सय १० जनालाई संभावित लाभग्राही र २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । प्राधिकरणले बाँकी गुनासोहरुको शीघ्र विश्लेषण गरी नजिता निकाल्ने जनाएको छ ।

छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत दर्ता भएका बाँकी गुनासोहरुको प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका चार दर्जन इञ्जिनियरले विश्लेषण गरिरहेका छन् । महाभूकम्प २०७२ बाट निजी आवासमा क्षतिपछि पुननिर्माण भएका पाँच लाख बढी भूकम्प पीडितले सरकारबाट प्रदान गरिने अनुदानको तेस्रो किस्ता लिएका छन् । भूकम्प पीडितलाई सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

घर पुनर्निर्माण गरी छाना छाउने तहसम्म पुर्याएपछि लाभग्राहीले तेस्रो किस्ता प्राप्त गर्छन् ।पुननिर्माणको अनुसार ४ लाख ७२ हजार ३५१ भन्दा बढी लाभग्राहीहरु भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरी नयाँ घरमा सरिसकेका छन् । त्यसैगरी, पुनर्निर्माण प्रक्रियामा प्रवेश गरेका अन्य १ लाख ९४ हजार २१९ लाभग्राहीले आफ्नो घर पुनर्निर्माण गरिरहेका छन् । हालसम्म निजी आवास अनुदान प्राप्त गर्न योग्य ८ लाख १६ हजार ६८६ लाभग्राहीमध्ये करिब ९४ प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ।

तीन एकीकृत वस्तीको प्रारम्भिक योजना स्वीकृत: कार्यकारी समितिले रसुवाको एउटा र मकवानपुरका दुई वटा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । रसुवाको आमाछोदिङमो–२ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीले सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी र थप ५ जग्गाधनी मिली जम्मा ५१ घरधुरी एकीकृत वस्ती विकास गर्न लागेका हुन् ।

त्यसैगरी, मकवानपुर जिल्लाका राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत वस्तीहरुका प्रारम्भिक योजना स्वीकृत भएका छन् । राक्सिराङ–५ को चुरिडाँडा टोलका १० भूकम्पपीडित घरधुरीले मनहरी गाउँपालिका–६ को जोगीतालमा एकीकृत वस्ती विकास गर्दैछन् । त्यस्तै, कैशाल–१० को न्याम्सेढुंगा टोलका १० भूकम्पपीडित घरधुरीले सोही वडाको वमलटारमा एकीकृत वस्ती विकास गर्नेछन् ।

प्राधिकरणले एकीकृत वस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै प्रति घरधुरीका दरले रकम उपलब्ध गराउँछ । प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत वस्तीका लागि प्रति घर ५ लाख, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रति घर ४ लाख र तराईका जिल्लामा बन्ने वस्तीका लागि प्रति घर ३ लाखका दरले एकमुष्ठ रकम उपलब्ध गराउँछ । राजधानी दैनिकबाट