८ असार २०८३, सोमबार
,
Latest
दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो टिमबाट अपेक्षाअनुसार सहयोग भएन: डा महत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले निर्बाचनमा बेला आफ्नो टिमबाट अपेक्षाअनुसार सहयोग  नपाएको बताउनु भएको छ । आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै  नेता महतले आफूले सहयोग नपाउनुमा कसैलाई दोषारोपण नगर्ने भन्दै त्यसको समयले समीक्षा गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो   ‘कसले गर्यो भन्न चाहन्नँ। मैले सहयोग पाइनँ। मेरै कमजोरी रह्यो होला। कसैलाई दोषारोपण गर्दिनँ,।’  उहाँले यसलाई अवसरका रूपमा लिने भन्दै नेता तथा कार्यकर्तालाई प्रत्यक्ष रूपमा भेटघाट गर्दे अझै सक्रिय हुने बताउनु भयो ।  उहाँले भन्नुभयो  ‘अब यो समयलाई अवसरका रूपमा लिन्छु, नेता तथा कार्यकर्तालाई प्रत्यक्ष रूपमा अझै भेट्छु,।’ 

पूर्व सहममन्त्री समेत रहनु भएका नेता महतले आफूले पार्टीलाई केन्द्रमा राखेर काम गरिआएको  उल्लेख गर्दे अझै उत्साहका साथ काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘निराश भएर पलायन हुने कुरा छैन।कसैलाई लागेको होला पराजित भएपछि यो अस्ताउँछ तर म अस्ताउने मानिस होइन। सुख, दु स् खमा काम गर्दै आएको हुँ,i’

अनौपचारिक भेटघाटमा नेता महतले  ठट्टा गर्दै भन्नुभयो ‘कात्तिक महिनामा जन्मेकालाई भाग्यले कमै साथ दिन्छ भनेर ज्योतिषहरू भन्दा रहेछन्, मेरो हकमा पनि त्यस्तै हो कि !’ सभापति शेरबहादुर देउवामा विश्वासपात्र समेत रहनु भएका नेता महतले सभापतिले आबश्यकता महशुस गरे मनोनयनमा जाने बताउनुभयो । उहाँले भन्नुभयो  ‘मनोनयनमा पार्टी सभापतिको भूमिका हुन्छ। उहाँले आवश्यकता देखेमा ल्याउन सक्नुहुन्छ ।मूल्यांकनका आधारमा उहाँले गर्ने निर्णय हामीले स्वीकार गर्नुपर्छ।

महत सभापति शेरबहादुर देउवा टिमबाट महामन्त्री पदमा उम्मेदवार बन्नुभएको थियो । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनु भएको थियो ।