२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की–२ मतगणना प्रारम्भिक परिणाम यस्तो रहेको छ…



अ+ अ-

पोखरा । शनिबार सम्मपन्न उपनिर्वाचन अन्तर्गत एक मात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ को प्रारम्भिक मतपरिणा सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाममा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता कायम गरेकी छिन्।

भट्टराईले ३२७६ मत पाएकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २११५ मत प्राप्त गरेका छन् । समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छिन्। राति पौने २ बाट मतगणना सुरु गरिएको हो।

यो परिणाम पोखरा महानगरपालिका ३३ वडाको ९ वटा केन्द्रको मतगणना गर्दाको हो। अन्नपुर्णपोष्ट दैनिकबाट