८ असार २०८३, सोमबार
,
Latest
दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्थायीत्व विना मुलुक समृद्ध हुन सक्दैनः वरिष्ठ उपाध्यक्ष पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायीत्व विना मुलुकको समृद्धि हुन नसक्ने बताउनुभएको छ ।  रेडियो नेपाल कर्मचारी युनियनको आठौँ अधिवेशन समारोहमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायीत्वमा समस्या देखिँदै गएको सङ्केत गर्दै एकातर्फ एमाले र अर्कोतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठिक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताउनुभयो ।

“एउटा कोण नेकपा ९एमाले०को छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्थायीत्व चाहिन्छ भन्ने छ”, पोखरेलले भन्नुभयो, “अर्कोतर्फ संविधानप्रतिको एकनासको सहमती छैन, कानूनको विषयमा एक मत छैन, मुल्य मान्यतामा एकमत नभई पनि गठबन्धन बनेको छ ।” राष्ट्रिय राजनीतिको परिदृष्यलाई ठिक ढङ्गले बुझेर कुन ठाउँमा उभिने हो निर्णय गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।  

उहाँले राज्य संरचनाभित्र न्यायपालिकाका उद्देश्यअनुसार नीतिगत र कानूनी प्रवन्ध हुनुपर्नेमा जोड दिँदै उद्देश्य भाषणमा राम्रा हुने तर त्यसलाई बहन गर्ने साधन ठिक ढङ्गले नबन्दा नीति एकातिर जनता अर्कातिर भइरहेको बताउनुभयो । लामो इतिहास बोकेको रेडियो नेपालमा हुनुपर्ने प्रगति हुन सक्यो की सकेन भनेर हेर्नुपर्ने उहाँको धारणा थियो । उहाँले राष्ट्रिय सरोकारको मुद्दामा सचेत र सजक हुन पनि सुझाव दिनुभयो ।