२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीको बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न, पर्यटनमन्त्री भट्टराईले गरे प्रशंसा



अ+ अ-

भद्रपुर । झापाका युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीको बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिह्न राखेका छन् । मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष डालमियाले ‘अक्वा टप मकालु प्रालि’मार्फत ‘डालमिया’ बोतल र जारमा प्रतीक चिह्न राखेका हुन् ।

भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पुर्याउन पानीको बोतलमा नेपाल भ्रमण वर्षको प्रतीक चिह्न राखेकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फेसबुकमार्फत सो कार्यको प्रशंसा गरेका छन् ।

“भ्रमण वर्ष २०२० मूल आयोजक समितिको आह्वानलाई सम्मान गर्दै डालमियाले बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुभएकोमा धन्यवाद”, उनले आफ्नो फेसबुकवालमा लेखेका छन्, “अरु उद्योगी तथा व्यवसायीबाट पनि यस्तै कामको अपेक्षा गरिन्छ ।” जिल्लामा पिउने पानीको उत्पादन गर्ने १८ उद्योग सञ्चालनमा छन् । डालमियाले नेपाल भ्रमण वर्ष सफल बनाउन बोतलमा प्रतीक चिह्न राखेको बताए ।