११ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित पत्रकार सङ्घ प्रदेश ३ को अध्यक्षमा मिजार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रदेश नं ३ को अध्यक्षमा गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्र मिजार निर्वाचित भएका छन् । सङ्घको आइतबार सम्पन्न प्रदेश नं ३ को प्रथम भेलाले मिजारको अध्यक्षमा १७ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा (मकवानपुर), सचिवमा वसन्त परियार (धादिङ), सहसचिव सरोज उपरकोटी (चितवन) र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा (काठमाडौँ)लाई चयन गरिएको छ ।

सदस्यमा भोजराज विश्वकर्मा, सीताराम बयलकोटी, विश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भीर विक, सङ्गम दर्जी, सुशीला विक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन भएका छन् । त्यसैगरी भेलाले सङ्घको काठमाडौँ उपत्यका कमिटीको अध्यक्षमा राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई चयन गरेको छ ।

उपाध्यक्षमा गणेश विक, सचिव सन्दिप विश्वकर्मा, सहसचिव निरोज तालागङ्गी, कोषाध्यक्ष सुशीला विश्वकर्मा तथा सदस्यहरुमा पवन बराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, वीरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का र अनिल सुनाम परियारलाई चयन गरिएको छ । राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि २०६७ मा संस्था स्थापना गरिएको जानकारी दिए ।