२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षभित्र घरघरमा बिजुली बल्छ : सांसद राई



अ+ अ-

सोलुखुम्बु । प्रतिनिधिसभाका सदस्य हेमकुमार राईले तीन वर्षभित्र सोलुखुम्बुको हरेक घरमा बिजुलीबत्ती पुग्ने बताउनुभएको छ । सोलुखुम्बुमा स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको उद्घाटन गर्दै सांसद राईले निर्वाचित भएदेखिनै निरन्तर रुपमा खटेर वितरण केन्द्र ल्याउन सफल भएको भन्दै अव “उज्यालो सोलुखुम्बु”को अभियान शुरु भएको बताउनुभयो ।

साथै उहाँले विगतको दिनमा सडक निर्माणको विवाद आउने गरेको जिल्लामा विद्युत्लाईन विस्तारको क्रममासमेत विवाद आउनसक्ने भन्दै सहयोगका लागि सबैलाई अनुरोध गर्नुभयो । जिल्लामा ग्रामीण विद्युतीकरणको लागि चालु आर्थिक वर्षमा खर्च हुनेगरी करीब रु ४७ करोड बजेट प्राप्त भएको छ । उक्त बजेटबाट पहिलोचरणमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, नेचा सल्लयान र थुलुङदूधकोशीमा ग्रामीण विद्युतीकरणको लागि काम हुने सांसद राईले जानकारी दिनुभयो ।

यस्तै प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् सोलुखुम्बुलाई उज्यालो नबनाइ बाहिर नलानसमेत आग्रह गर्नुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभासदस्य उत्तमकुमार बस्नेतले विद्युत्बाट सञ्चालन हुने उद्योग तथा कलकारखाना तर्फ ध्यान दिने बेला भएको बताउनुभयो । विद्युत् नहुदा उद्योगसमेत स्थापना हुन नसकेको भन्दै सांसद बस्नेतले आगामी दिनमा यस तर्फ सबैले ध्यान दिँदै स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।




भर्खरै