२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्छु: प्रधानमन्त्री ओली



अ+ अ-

प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि बिहान ९ बजे नेकपा सचिवालय बैठक डाकिएको छ । मंगलबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्रीहरू हेरफेर गर्न लागेको जानकारी दिएका छन् ।

‘बैठकमा म उपस्थित त थिइनँ । प्रधानमन्त्रीज्यूले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको छु, कोही दोहोरिनुहोला, कोही जानुहोला, तर अन्यथा नलिनुहोला भन्नुभएछ,’ उद्योगमन्त्री मातृका यादवले भने, ‘भोलि (बुधबार) अन्य सार्वजनिक कार्यक्रम नबनाउन र कतै नजान भन्नुभएको जानकारी मैले पनि पाएँ ।’

आफूलाई अध्यक्ष प्रचण्डले मन्त्रीमा दोहोर्याउन नसक्ने जानकारी गराइसकेको पनि यादवले बताए । ‘मलाई अध्यक्ष प्रचण्डले बोलाएर मन्त्री पदमा दोहोर्याउन नसकिने भयो भन्नुभएको थियो,’ उनले भने, ‘अरू को–को हट्दै छन्, को थपिँदै छन् थाहा भएन ।’ प्रधानमन्त्री ओलीले मन्त्रीबाट हट्ने र मन्त्री बन्नेको नामबारे बैठकमा कुनै जानकारी दिएका छैनन् । कार्यसम्पादन मूल्यांकनका आधारमा हेरफेरको गृहकार्यमा छन् । नयाँ पत्रिका दैनिकबाट