११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने



अ+ अ-

काठमाडौं । नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । होटलले चुक्ता पूँजीको कूल ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

त्यस आधारमा शेयरधनीले कूल रु आठ करोड २९ लाख आठ हजार दुई नगद लाभांश प्राप्त गर्नेछन् । यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक करोड नौ लाख ९० हजार १३१ कित्ता शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

होटलले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल होटलको ७३ करोड २६ लाख सात हजार आठ कित्ता शेयर सूचीकृत छ । यस्तै बजार पूँजीकरणका आधारमा होटलको शेयर मूल्य रु १४ अर्ब ९४ करोड ६४ लाख ६९ हजार ६३२ बराबरको रहेको छ । स्टकमा होटल समूहका चार कम्पनी सूचीकृत छन् ।