११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा इन्टरनेट प्रयोगकर्ता बढ्दै



अ+ अ-

दाङ । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् ।

दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् । नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएलका तीन हजार ८७३ ग्राहक रहेका छन् ।

नेपाल टेलिकम तुलसीपरका सूचना अधिकारी दिलबहादुर केसीका अनुसार तुलसीपुरमा एकहजार ४५१, घोराहीमा एकहजार २८०, बिजौरीमा १०७, बेलझुण्डीमा ६४ हापुरेमा ७१ ग्राहक रहेका छन् । उहाँका अनुसार तुलसीपुरमा चार हजार १७० ग्राहकलाई इन्टरनेट पुर्याउन सक्ने क्षमता रहेको छ । त्यस्तै घोराहीमा चार हजार ९४४ क्षमता रहेको छ । त्यस्तै टेलिकम तुलसीपुर मातहत रहेको सल्यानमा ३०५, रोल्पामा ४४९, प्यूठानमा १५६ इन्टरनेट प्रयोग कर्ता रहेको केसीले बताउनुभयो ।

यस्तै दाङसहित विभिन्न जिल्लाका शहरमा शुरु भएको फोरजी सेवा प्रभावकारी हुन सकेको छैन । दाङको घोराही, तुलसीपुर तथा लमहीमा फोरजी सेवा शुरु भएको हो तर यो सेवा प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । केन्द्रकै समस्याका कारण प्रभावकारी बन्न नसकेको सूचना अधिकारी केसीले बताउनुभयो । “यो समस्या यताबाट होइन”, उहाँले भन्नुभयो, “केन्द्रीय समस्याका कारण यस्तो समस्या देखिएको छ ।”

अहिलेको फोरजी सेवा ६५ लाख जनसङ्ख्यालाई धान्ने खालको योजना रहेको केसीले बताउनुभयो । त्यसका लागि तुलसीपुरको गुम्राहा चोकदेखि बिपी चोकसम्म फोरजीको लाइन तानी सकेको र सडक विभागले घोराही रोडमा सडक निर्माण गर्न लागेको हुँदा फोरजीको काममा केही समस्या भएको उहाँको भनाइ छ ।

यस्तै दाङमा पनि मोबाइलको टावर विस्तारलाई तीव्रता दिइएको छ । गत वर्ष मात्रै दाङमा १२ वटा टावर निर्माण भएका छन् । जसमध्ये चारवटा टावर सञ्चालन भएका छन् भने अन्य टावर सञ्चालन हुने अन्तिम प्रक्रियामा छन् ।