११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीव्रगतिमा निर्माण हुँदै सिलगढी–झिग्राना सडक



अ+ अ-

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको छ । उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ । सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि बजेट विनियोजन गरेपछि अहिले सिलगढीदेखि ओखरबोटहुँदै ओसाइल–बगलेक–झिग्राना जोड्ने सडकको निर्माण तथा कालोपत्रको काम तीव्रगतिमा भइरहेको छ ।

प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी– झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न रु ४० करोड ठेक्का सम्झौता गरेर निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको उक्त सडक हेर्ने जिम्मा पाएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । उनले भने, “हामीले ठेक्का सम्झौता गरेर काम अगाडि बढाएका छौँ, चाँडै नै कालोपत्रको काम सक्ने छौँ ।”

सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्स्ट्रक्सन र सिलगढी–मेल्लेक सकडको राजेन्द्र तथा पिएस जेभीले काम गरिरहेका छन् । प्रदेशको प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको खप्तड जाने सडक कालोपत्र हुने भएपछि स्थानीयवासीमा खुशी छाएको छ । खप्तड जाने सडक कालोपत्र भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन निकै सहज हुने होटल व्यवसायी सङ्घका अध्यक्ष दीपकबहादुर खड्काले बताए । उनले भने, “सडक पक्की नभएका कारण हामीले सोचेअनुसार पर्यटक भित्र्याउन सकेका थिएनौँ, सडक पक्की भएपछि हामी उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन सक्नेछौँ ।”