११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूजामाथी बलात्कार गर्नेलाई साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति



अ+ अ-

काठमाडौं । गेसपेपर किन्न बैतडीको पाटन बजारमा गएकी पूजा बोहोरालाई ब’लात्कार गर्नेलाई साढे ११ वर्ष कैद सजाय तोकेको छ। सर्वोच्च अदालतले सागर भट्ट र अमर अवस्थीलाई साढे ११ वर्ष कैद सजाय तोकेको हो।

सरकार र सर्वोच्चले दोषी दुवैले बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने पनि फैसलामा उल्लेख छ।

न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उनीहरूलाई ११ वर्ष कैद सजाय र बोहोरालाई क्षतिपूर्तिको फैसला गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्रराज ढकालले बताए।

भट्ट र अवस्थीबाट जनही साढे २ र सरकारले पाँच लाख क्षतिपूर्ति भराउन उक्त इजलासको फैसलामा उल्लेख छ। कैद भने बलात्कार गरेकोमा साढे ६ वर्ष र सामूहिक बलात्कार गरेकोमा पाँच वर्ष थपेर साढे ११ वर्ष पुर्याइएको हो।

जिल्ला अदालतले भने उनीहरूलाई बलात्कार गरेकोमा ८ वर्ष, सामूहिक बलात्कार गरेकोमा ५ वर्ष गरी १३ वर्ष जेल सजाय र ५० हजार क्षतिपूर्ति भराउने सुनाएको थियो।

२०६८ चैत ७ एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा गेसपेपर किन्न एक पसलमा गएकी थिइन्। त्यहीबेला भट्ट र अवस्थीले उनको बलात्कार गरेका थिए।