२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाक्षेका भाइ श्रीलंकाका नयाँ राष्ट्रपति



अ+ अ-

श्रीलङ्का । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बन्नु भएका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित हुनुभएको छ ।

झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहनु भएका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गर्नुभएको उहाँका प्रवक्ताले जानकारी दिएका छन् ।

उहाँले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बन्नु भएका सजिथ प्रेमादासलाई पराजित गर्नुभएको हो । उहाँको स्पष्ट जित भएको छ, हामी धेरै खुशी छौँ, गोटा नयाँ राष्ट्रपति बन्नु भएको छ,” राजापाक्षेका प्रवक्ता केहेलिया राम्बुक्वेलाले भन्नुभयो ।
उहाँले सपथग्रहण कार्यक्रम एक दुई दिनमा हुनसक्ने बताउनु भयो । राष्ट्रपतिमा नवनिर्वाचित राजापाक्षे पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुनुहुन्छ ।

प्रभावशाली तथा विवादास्पद नेता महेन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति बन्नु भएको थियो । सोही कार्यकालमा गोटाबाया रक्षाामन्त्री हुनुहुन्थ्यो ।

नयाँ राष्ट्रपतिमा निर्वाचित राजापाक्षे ७० बर्षको हुनुहुन्छ भने उहाँसँग प्रतिश्पर्धा गर्ने प्रेमादास ५२ बर्षको हुनुहुन्छ ।
राजापाक्षे निर्वाचित भएको नतिजालाई उहाँका प्रतिश्पर्धी प्रेमादासले पनि सार्वजनिक रुपमा स्विकार गरिसक्नु भएको छ ।
निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदाता मध्ये झण्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताउनु भयो ।

निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए ।

मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा थिए ।
सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछि भएको यो तेस्रो निर्वाचनमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना भने यस निर्वाचनमा सहभागी हुनु भएन ।

सात महिना अघि २ सय ५३ जनाको ज्यान जानेगरी भएको भएको घटनामा उहाँको आलोचना भएकाले उहाँ अहिले उम्मेदवार नबन्नु भएको विश्लेषण गरिएको छ ।

इस्लामिक स्टेट्स समूहसँग सम्बद्ध व्यक्तिले श्रीलङ्का गिर्जाघर र होटलमा शृङ्खलावद्ध विस्फोटन गराउँदा कम्तीमा २ सय ५३ व्यक्तिको मृत्यु भएको थियो ।

सरकारले त्यो घटना हुनुमा गुप्तचरी निकाय तथा सुरक्षा निकायको कमजोरी रहेको स्वीकारेको छ । त्यसैले अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा बनेको छ भने उम्मेदवारले अल्पसङ्ख्यको समानता, बेरोजगारी, अन्य सामाजिक विषय, गरिबी अन्त्य, गुणस्तरीय घर निर्माणलगायतका विषयलाई चुनावी एजेण्डा बनाएका थिए ।

अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिएपनि प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।