२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापा अमेरिका, राप्रपा कार्यबहाक अध्यक्षमा बुद्धिमान



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

वासिङ्टन डिसीमा आउँदो डिसेम्बर ४–६ सम्म हुने इन्टरनेशनल डेमोक्र्याटिक युनियन फोरम र प्रवासी नेपाली एकता समाजले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष कमल थापा बुधबार अमेरिका प्रस्थान गर्नुभएकाले पार्टीको दैनिक कार्यसम्पादन गर्न तामाङलाई जिम्मेवारी दिइएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा नेपालको भूभाग समेतलाई समेट्ने गरी हालै भारतबाट एकतर्फी रुपमा सार्वजनिक गरेको नक्शा त्रुटीपूर्ण रहेकाले सञ्चाउन माग गरिएको छ । उक्त विज्ञप्तिमा सुगौली सन्धिबाट कायम रहेको काली नदीपूर्वको नक्शा प्रकाशित गरिएको र सोबाट यसअघि नेपाल र भारत सरकारबीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिवस्तरिय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल भारत बीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई पार्टीले अत्यन्त गम्भीरतापूर्वक लिएको जनाइएको छ ।

दुई घनिष्ठ छिमेकीकाबीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा नहुने उल्लेख गरिएको उक्त विज्ञप्तिमा भारतबाट प्रकाशित राजनीतिक नक्शामा भएको त्रुटि सच्याउन र नेपालको भू–भागको संरक्षण गर्नको लागि अविलम्ब कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपाले जोडदार माग गरेको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दू राष्ट्र स्थापनाका माग गर्दै जनकपुरको जानकी मन्दिरबाट आज रथयात्रा शुरु गर्न लागेको जनाएको छ । धनुषा महोत्तरी, सर्लाही वारा, पर्सा, मकवानपुर, चितवन हुँदै आगामी मङ्सिर ४ गते लुम्बिनीमा आएर सो रथयात्रा सम्पन्न गरिने नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

यात्राका क्रममा जलेश्वर, गौर, कलैया, चितवन, कावासोती, भैरहवामा राजनीतिकसभा गरिने जनाइएको छ ।