भारत । भारतको राजस्थान राज्यमा बुधबार राती भएको दु’र्घटनामा परी कम्तीमा सात जनाको मृ’त्यु भएको छ ।

यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दु’र्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दु’र्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
“घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,” स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले संचारकर्मीहरुसँग भन्नुभयो ।












