२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सको पेरिसमा शिक्षामन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभामा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतितिधित्व गरिरहनुभएको छ ।

(युनेस्को)को मुख्यालयमा जारी सो महासभामा उहाँले राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । मन्त्री पोखरेलले नेपालमा युनेस्कोको सहयोग र त्यसको निरन्तरताका विषयमा समेत छलफल गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । महासभामा सहभागी मुलुकका शिक्षा हेर्ने मन्त्रीको बैठकमा समेत भाग लिनुहुनेछ मन्त्री पोखरेलले महासभालाई यही नोभेम्बर १६ तारिखका दिन सम्बोधन गर्नुुहुने कार्यक्रम छ ।

विश्वका १९३ मुलुकका प्रतिनिधि सहभागी महासभामा शिक्षा सचिव महेशप्रसाद दाहाल, युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि (राजदूत) दीपक अधिकारी, युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारी, आयोगको सचिवालयका सचिव खगराज पौडेल, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेललगायत आठ सदस्य सहभागी हुनुहुन्छ । ‘अग्लोबल ल्याबेरोटरी अफ आइडियाज टु म्याप फ्युचर मल्टिल्याटरल कोअपरेसन’ को मुख्य विषयमा जारी महासभा यही नोभेम्बर १२ देखि २७ तारिखसम्म चल्नेछ ।