११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियतामा एकजुट हुन डाक्टर केसीको अनसन स्थगीत



अ+ अ-

काठमाडौं । नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन स्थगीत गरेका छन्। डा. केसीले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनसन स्थगीत भएको घोषणा गरेका हुन्।

गत सोमबारदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह थालेका उनले नौ दिनमा आएर ४ वर्षीय स्यान्सु जैरुबाट जुस पिएर अनशन तोडेका हुन् ।

केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सारमा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगीत गरेको बताएका छन्।