२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओसामा विन लादेन नि’यन्त्रणमा



अ+ अ-

काठमाडौं । भारतको असामबाट ओसामा विन लादेन नामको एक हात्तीलाई वन्यजन्तु अधिकारीले लामो प्रयासपछि नि’यन्त्रणमा लिएका छन्।

वन्यजन्तु अधिकारीहरुले धेरै दिनको प्रयासपछि लादेनलाई ड्रोन र घरेलु हात्तीको सहायतामा उत्तरपूर्वीय असाममा ट्रयाक गरेका हुन्। लादेनलाई उनीहरुले यसअघि रोङ्जुली जङ्गलमा ट्रयाक गरेका थिए।

गत अक्टोबर महिनामा हिंस्रक हात्तीको आक्रमणबाट गोलपारा जिल्लामा तीन महिलासहित पाँच जनाको मृ’त्यु भएको थियो। मान्छे मा’र्ने उक्त हात्तीलाई नै आ’तङ्ककारी सङ्गठन अल्कायदाका नेता स्व.ओसामा विन लादेनको नाम दिइएको हो।

एक अधिकारीका अनुसार अब ट्रयाकमा रहेको लादेनको हेरचाहमा ध्यान दिइनेछ। स्थानीय वासिन्दाको सुरक्षामा ध्यान दिँदै हात्तीको स्थान परिवर्तन बारे निर्णय लिनेछन्।

‘हामीले आज अपरेशनको अन्तिम चरण सुरु गर्यौ। विशेषज्ञहरुले दुई वटा डार्ट हानेका थिए जसले भाले हात्तिलाई शान्त बनाएको थियो,’ एक वरिष्ठ वन अधिकारीले भनेका छन्। उनले अहिले हात्तीलाई मानव वस्ती नजिक नभएको जङ्गलमा सार्ने काम भइरहेको बताए।

असामका वनमन्त्री परिमल शुक्ला बैद्यले वन्यजन्तु विशेषज्ञ सहितको आठ सदस्यीय कमिटीले यसबारे निर्णय लिने बताएका छन्।