१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभलाई राती सुत्नुअघि दाँत माझ्न डेन्टिस्टको सुझाव



अ+ अ-

काठमाडौं । वलिउडका सर्वश्रेष्ठ अभिनेता ‘एंग्री योङ्ग मेन’ अमिताभ बच्चन विहानको समयमा मात्रै दाँत माझ्छन भन्दा सर्वसाधारण दर्शक र दन्तरोग विशेषज्ञ नै अचम्मित भएका छन् । त्यही भएर उनलाई साँझको खाना खाएर हरेक रात सुत्नुअघि राम्रोसंग दाँत माझेर सुत्न डेन्टिस्टले सुझाएका छन् । ७७ वर्षे अमिताभ अहिले पनि स्वस्थ देखिन्छन ।

सोनी टिभिबाट प्रशारित ‘कौन बनेगा करोडपति’—सिजन ११ मा बुधबार र विहीबार सहभागी भएकी चण्डीगढस्थित सिभिल अस्पतालकी वरिष्ठ दन्तरोग विशेषज्ञ एवम् डेन्टल सर्जन डा.आशु सेठ्ठीले अमिताभलाई सो सुझाव दिएकी हुन । प्रश्नोत्तर विचको खाली समयमा कुराकानी गर्दै डा.सेठ्ठीले अमिताभलाई बुधबारको रातको भागमा त्यो सुझाव दिएकी थिइन ।

‘हररात सोने से पहले नरम ब्रस से अच्छी तरह दाँत साफ करनेसे दाँत पर कभी भि रोग नही लगता है, सुवह ब्रश करने से कुछ नँहि होगा’—डा.सेठ्ठीले अमिताभ वच्चनलाई सुझाउँदै भनीन-‘क्योँकि जितने भि दन्तके किटानु रातके समय ज्यादा एक्टिभ होते हे ।’ डा.सेठ्ठीले यसो भनिरहँदा विभिन्न रोगको बारेमा जनचेतना फैलाउँदै आएका अभिनेता अमिताभ बच्चन जिल्ल पर्दै डा.सेठ्ठीको कुरा सुनिरहेका थिए ।

साँझको खाना खाएर हरेक रात सुत्न जानुअघि नरम ब्रसले दाँत माझ्दा दाँतमा कुनैपनि रोग लाग्दैन भन्ने डेन्टिष्ट डा.सेठ्ठीको भनाईको आशय थियो ।

अमिताभ वच्चनले क्षयरोग, कुष्ठरोग, क्यान्सर लगायतका विषयमा जनचेतनामूलक विज्ञापनमा खेलिसकेका छन भने दन्तरोगबारेको विज्ञापनमा भने नखेलेको डेन्टिस्ट डा.सेठ्ठीसंगको कुराकानीले प्रष्ट पारेको छ ।

विगतमा आफुलाई दाँतसम्वन्धि रोग लागेर डेन्टिष्टकहाँ गएको र त्यहाँ आफूलाई उपचारका क्रममा डाक्टर र उनका असिस्टेन्टले गरेको व्यवहारबारे पनि बताएका थिए ।

डा.सेठ्ठीले उक्त ‘शो’ बाट ३ लाख २० हजार भारतीय रुपैयाँ जितेकी थिइन् । ‘शो’ मा डा.आशुका पति डेन्टल सर्जन डा.प्रविन सेठ्ठी र उनकी छोरी पनि दर्शकको रुपमा सहभागी थिए ।