८ असार २०८३, सोमबार
,
Latest
नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जबाट पाँच महिनामा रु ८८ अर्ब राजस्व सङ्कलन



अ+ अ-

वीरगञ्ज । देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७७/७८को साउनदेखि मङ्सिर मसान्त सम्मको पाँच महिनामा रु ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन गरिएकामा चालू आवको सोही अवधिमा रु ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख  राजश्व सङ्कलन भएको  छ । यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।

विभागलले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा रु ८२ अर्ब ६१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा रू छ अर्ब आठ करोड ६६ लाख बढी  राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व सङ्कलनमा सुधार देखिएको बताउनुभयो ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा रु ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा  कार्यालयले लक्ष्यभन्दा रु तीन अर्ब ४२ करोड ४१ लाख बढी राजस्व सङ्कलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट सङ्कलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ । रासस