१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार अभियुक्त पक्राउ



अ+ अ-

भद्रपुर । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा दुई वर्षअघि अदालतद्वारा एक वर्ष कैद र रु पचास हजार जरिवाना तोकिएका झापा हल्दिबारी गाउँपालिका–२ का २४ वर्षीय नवीन आचार्य बिहीबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार फरार अभियुक्त आचार्यलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा कारागार चलान गरिएको छ ।

उच्च अदालतको इलाम इजलासले २०७४ साल माघ २२ गते निज आचार्यलाई कैद र जरिवानाको फैसला सुनाएको थियो । यसैगरी बहुविवाह मुद्दामा झापा जिल्ला अदालतबाट एक वर्ष कैद र रु पाँच हजार जरिवाना तोकिएको गौरादह नगरपालिका–१ की फरार अभियुक्त चन्द्रकला खेवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाले २०७२ वैशाख २७ गते खेवालाई कैद र जरिवाना गर्ने फैसला गरेको थियो । त्यसबेला फरार रहेकी खेवालाई खोजतलास गरी प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयनका लागि खेवालाई झापा कारागार चलान गरिएको छ ।