१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राेहित शर्माकाे धुँवाधार ब्याटिङ, बंगलादेश ८ विकेटले पराजित



अ+ अ-

काठमाडाैंः भारतकाे राजकाेटमा सम्पन्न दाेस्राे टी२० क्रिकेट प्रतियाेगितामा राेहित शर्माकाे धुँवाधार ब्याटिङ मद्दतले भारतले बंगलादेशलाइ ८ विकेटले पराजित गरेकाे छ ।

भारतका लागि कप्तानी पनि गरिरहेका शर्माले ६ छक्का र ६ चाैकाकाे मद्दतले ४३ बलमा व्यक्तिगत ८५ रन बनाएका थिए । उनी बंगलादेशी बलर अमिनुल इस्लामकाे बलमा क्याचआउट भएका थिए । अर्का प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले ३१ रन बनाएका थिए ।

केएल राहुलले ८ रन र एसएस ऐयरले २४ रन बनाएका थिए । भारतले निर्धारित १५४ काे लक्ष १५.२ ओभरमा पूरा गरेकाे थियाे ।

बंगलादेशका बलर अमिनुल इस्लाम मात्र सफल भएका थिए, र उनले भारतकाे २ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे बंगलादेशले ६ विकेटकाे क्षतिमा १५३ रनकाे मध्यम स्काेर खडा गरेकाे थियाे । बंगलादेशका लागि लिटन दासले २९, माेहम्मद नाइमले ३६, साैम्य सर्कारले ३० र महमदुल्लाहले ३० रन बनाएका थिए ।

याे जितसँगै तीन म्याचकाे टी२० शृंखला १-१ काे बराबरीमा पुगेकाे छ । तेस्राे तथा अन्तिम स्पर्धा यही आइतबार नागपुरमा हुँदैछ ।

एजेन्सीकाे सहयाेगमा