१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले नेपाललाइ निरन्तर सघाउने



अ+ अ-

काठमाडौं । अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थमन्त्री युवराज खतिवडासँग आज अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी) को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने बताउनुभयो ।

प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने उहाँले बताउनुभयो ।

मन्त्री खतिवडाले नेपालको विकास प्रयासमा दशकौँअघिदेखि अमेरिकाले गर्दै आएको सहयोगको सराहना गर्दै सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याउन पारदर्शिता र जवाफदेहितामा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपालको विकास प्रयासमा अमेरिकी साझेदारी अझ वृद्धि गर्न आफू क्रियाशील रहेको बताउनुभयो ।