१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटु अस्पताल बन्ने



अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब रु पाँच करोड र रु १० करोड शेयर सदस्यबाट उठाएर सो अस्पताल बनाउन लागिएको हो ।

तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको तयारी गरिएको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिनुभयो । अस्पताल बनाउन खेलिएको देउँसी भैलोबाट रु ५ करोड सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।
अस्पताल बुटवल–१३ बेलबासको दश नम्बर टोलमा बन्ने बताइएको छ । बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पनि सञ्चालनमा छ । अस्पतालको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास सिर्जनशील रहेको छ । अस्पतालका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउन अनुरोध गर्ने अध्यक्ष खड्काले बताउनुभयो ।

पच्चीस श्ययाको उक्त अस्पतालमा ‘आइसियु’ र ‘सिसियु’सहितका कक्ष हुनेछ । अस्पताल बनाउन आफूहरूले महाअभियान नै शुरू गरेको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताउनुभयो । क्लबका द्वितीय उपाध्यक्ष डिबी खत्रीले अस्पतालको कूल लगानी रु २० करोड हुने उल्लेख गर्नुभयो ।

उहाँले रु १० करोड आफूहरुले सङ्कलन गर्ने र अस्पतालका उपकरण लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको जानकारी दिनुभयो । लायन्स क्लब अफ इन्टरनेशनलले रु ६ करोडका उपकरण दिने बताइएको छ । अस्पतालका लागि भन्दै देउसी भैलोमा बुटवल–१३ का डण्डपानी खनालले रु तीन लाख तीन हजार ३३३ दान दिनुभएको छ ।

त्यस्तै अर्का कृष्ण लम्सालले रु दुई लाख ५५ हजार ५५५ दिनुभएको छ । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने अस्पताल निर्माणका अभियान्ता डण्डपानी खनालले बताउनुभयो । क्लबले एक हजार संस्थापक सदस्य बनाएर रु १० करोड सङ्कलन गर्ने लक्ष्य लिएको छ ।