बैतडी । चिसो मौसम सुरु भएसंगै बैतडीका कैदीहरुलाई कम्बल बितरण गरिएकोछ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायीक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको सयुक्त समन्वयमा ६० कम्बल बितरण गरिएको हो । जिल्ला कारागारमा रहेका ३७ जना कैदी, १३जना पुर्पक्षका लागी थुनुवा रहेका ब्यक्तिहरु र १० जना जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका ब्यक्तिहरुलाई प्रतिब्यक्ति १ कम्बलका दरले बितरण गरिएको हो ।
दशरथचन्द नगरपालिकाको आर्थिक सहयोगमा कम्बलहरु बितरण गरिएको सामूदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेस साहले बताए । उनले कम्बलका साथै आफ्नो ब्यक्तिगत तर्फबाट १०हजार रुपँया बराबरका (उपन्यास) किताबहरु बितरण गरेको बताए ।

नगर प्रमुख थापाले दशरथचन्द नगरपालिका उपकारका कामहरु गर्नका लागी सधै तत्पर रहेको बताए । उनले भने ‘ हामी प्रहरी संगको साझेदारीमा आज या काम गर्दैछौँ, कैदिहरु भनेको अरु कोहि होइनन्, हाम्रै दाजुभाइहरु हुन् उनिहरु कैदि भन्दापनि सुधार गृहमा बसेका ब्यक्ति हुन् आफ्नो कैद भुक्तान गरेपछि घर फर्किनेछन् र साधारण जिवन बिताउनेछन् भन्ने बुझेको छु, आगामी दिनमा अझै यस्तो खालको सहयोग गर्ने प्रतिबद्धता उनले ब्यक्त गरे, बिगतका दिनहरुमा पनि बिभिन्न दिवसको अवसर पारि फलफुल बितरण गर्दै आएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले कैदिहरु जेलमा नभई सुधार गृहमा रहेकाले उनिहरुका आधारभूत आवस्यकताहरु पुरागर्न आगामी दिनमा समेत पहल गर्ने बताए । उनले भने ‘प्रहरी पनि कैदिहरुको साथी हुन्, कैदिहरु घरभित्र छन् भने प्रहरी बाहिर छन्, म तपाईहरुलाई कैदि भन्दापनि सुध्रिनका लागी आएका ब्यक्ति भनेर बुझ्दछु, हामी तपाईहरुकै साथी हो, त्यसैले तपाईहरुका हरेक पिडा हामीलाई सुनाउनुहोला हामी सम्बन्धीत निकायसंग समन्वय गरेर ति कुराहरु पुरा गर्न प्रयन्त गर्नेछौँ उनले भने, ।
आफुहरुलाई कम्बल बितरण गरेकाले कैदीहरुले खुसि ब्यक्त गरेकाछन् । अहिले सम्म कुनैपनि सरकारी निकाय तथा संघ संस्थाले आफुहरुलाई यस्तो सहयोग नगरेको कारागारका चौकीदार देबबहादुर पुनले बताए । उनले आफ्नो कैद यसै महिना पुरा हुन लागेकोले बैतडीका प्रहरीबाट बिगतमा समेत सहयोग पाउदैँ आएको बताए ।
उनले भने ‘आज तपाईहरु यतिका पत्रकार, जनप्रतिनिधि, प्रहरी प्रमुख लगायतका ब्यक्तिहरु आएर हाम्रो हौसला बढाइदिनु भएको छ । हामी छुटेपछि पनि कुनै नराम्रा काम गर्ने छैनौँ, हामीलाई सुध्रिन सुझाव दिनुभएको छ । हामी पक्कैपनि भावि दिनमा राम्रो मान्छे भएर देखाउने छौँ, उनले भने । अहिले पनि आफुहरु कारागारभित्र मिलेर बसिरहेको उनले बताए । आफुहरु कारागार भित्रै कपडा तथा बिभिन्न सामग्रीहरु बुन्दै आइरहेको बताए । राजधानी दैनिकबाट












