२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजारः झिनो अङ्कको वृद्धि



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन करिब सात अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ०.९७ बिन्दुले बढेर एक हजार १४०.२६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.०४ अङ्कले बढेर २५०.५१ मा पुगेको छ । नेप्से झिनो अङ्कले बढ्दा कारोबार रकम भने आइतबारको तुलनामा केही वृद्धि भएको छ । कुल १६३ कम्पनीको सात लाख ५९ हजार ७१२ कित्ता शेयर रु १९ करोड १८ लाख ५४ हजार ३३३ मा खरिदबिक्री भए । आइतबार १६१ कम्पनीको सात लाख ८४ हजार ७४० कित्ता शेयर रु १७ करोड ५५ लाख ४४ हजार ४७२ मा खरिदबिक्री भएको थियो ।

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने चार उपसमूहको शेयर घटेका छन् । बैङ्किङ ०.९२, विकास बैङ्क ०.८३, फाइनान्स १ र अन्य उपसमूह २.४६ बिन्दुले घट्दा होटल ५.६३, जलविद्युत् १७.४३, निर्जीवन बीमा १४.३८, उत्पादन ०.९६, लघुवित्त ५.६, जीवनबीमा ३.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले बढेको छ ।

कारोबार रकमका आधारमा नविल बैङ्क शीर्ष स्थानमा रहेको छ । आइतबार आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको सो बैङ्कको शेयर आज रु एक करोड ९८ लाख ८६ हजार ४५३ मा खरिदबिक्री भयो । प्रभु बैङ्क रु एक करोड ६१ लाख ५३ हजार ५९२, चिलिमे जलविद्युत् कम्पनी रु एक करोड १९ लाख ५३ हजार ८२९, प्राइम कमर्सियल बैङ्क रु ९२ लाख ४६ हजार, नेपाल बैङ्क लिमिटेड रु ७० लाख ३१ हजार २६४ र कृषि विकास बैङ्क रु ५७ लाख २० हजार ७५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९।९३ प्रतिशतले कमाउँदा चिलिमे जलविद्युत् कम्पनी ६।२४, नेरुडे लघुवित्त विकास बैङ्क ५।६९, एनआइसी एसिया ग्रोथ फण्ड ५।४७ र हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४।५५ प्रतिशतले कमाए ।

यस्तै जोशी हाइड्रोपावर ४।८३, गुर्खाज फाइनान्स ४।३४, माउन्टेन हाइड्रो ३।७५, अरुण भ्याली हाइड्रोपावर ३।०६ र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले २।६५ प्रतिशतले गुमाए ।