१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसद आलमको सम्पत्ति छानबिन हुने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद अफताब आलमले आर्जन गरेको सम्पत्ति छानबिन हुने भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आलमको सम्पत्तिमाथि छानबिन थाल्ने भएको हो।

आइतबार प्रहरीले आलमको सम्पत्ति छानबिन गर्न विभागलाई पत्र पठाएको थियो। पत्र प्राप्त भएसँगै आलमको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी विभागको छ।

‘आलममाथि अकुत आर्जन गरेको र त्यसको स्रोत खोजिनु पर्ने भनी छानबिन गर्न प्रहरीबाट पत्राचार भएको छ,’ विभागका एक अधिकारीले भने, ‘हामी अनुसन्धान अधिकृत तोक्ने तयारीमा छौं।’ जिल्ला प्रहरी कार्यालय रौतहटले आलमको सम्पत्ति अनुसन्धान गर्न आवश्यक रहेको भन्दै विभागमा पत्राचार गरेको थियो। सो पत्र पाउनासाथ प्रक्रियामा लगिएको विभाग स्रोतले जनायो।

फौजदारी कसूरमा थुनामा रहेका व्यक्तिको सम्पत्तिमाथि अनुसन्धान गर्न सजिलो हुने भएकाले तुरुन्तै प्रक्रियामा लगिएको ती अधिकारीले बताए। ‘थुनामा रहेका व्यक्तिले सम्पत्ति लुकाउने सम्भावना एकदम कम हुने भएकाले हामी अनुसन्धान तीव्र गतिमा अघि बढाउँछौं,’ ती अधिकारीले भने।