२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज अष्टमी कात्तिक १८, यी राशि हुनेहरुको भाग्य र भविश्य चम्किदै



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): सरकारी निकाएको भय रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा बाधा आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजनपनि पाईनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । बैदेशिक क्षेत्र कमजोर रहनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइनेछ । आत्माबल वढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): कार्य सम्पादनमा समस्या आउला । मन खिन्न हुने स्थिति आउनेछ । आत्मघाती काम गर्न पुगिएला । अनावश्यक यात्रापनि हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । प्रेममा सफलता पाईनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): रमाइलो यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मानपनि पाइनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): तिर्थाटनको योगछ । शुभकार्यको चर्चा चल्नेछ । चिट्ठा, वा लटरी बाट आय हुने प्रवल सम्भावना पनि छ । नयाँ कार्यको योजना बन्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । हाम्रो पात्रो