१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमाथि बंगलादेशको पहिलो ऐतिहासिक जित, भारत सात विकेटले पराजित



अ+ अ-

नयाँदिल्लीः भारतको नयाँदिल्लीमा खेलिएको पहिलो टी२० क्रिकेट प्रतियोगितामा बंगलादेशका कप्तान मुस्फिकर रहिमको शानदार पालिका कारण भारत सात विकेटले पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङकाे निम्तो पाएको भारतले छ विकेटको क्षतिमा १४८ रनको मध्यम स्कोर बनाएको थियो । भारतका लागि शिखर धवन (४१), केएल राहुल (१५), एसएस ऐयर (२२) र रिषभ पन्त (२७) ले मात्र महत्वपूर्ण रन बनाएका थिए । भारतका नियमित कप्तान विराट कोहली र अन्य अनुभवी बलर बिना नै मैदानमा उत्रेको थियो । भारतीय टिमको कप्तानी रोहित शर्माले गरेका थिए ।
जितका लागि १४९ रनको लक्ष पछ्याएको बंगलादेशले सन्तुलित प्रदर्शन गरेको थियो ।

बंगलादेशका लागि सर्वाधिक रन बनाएका मुस्फिकरले ६० रनको महत्वपूर्ण योगदान दिएका थिए । उनले खेलको १९ औं ओभरमा भारतीय बलर खलिल अहमदको बलमा लगातार ४ चौका प्रहार गरेर जितको आधार तयार पारेका थिए । मुस्फिकरले कूल ८ चौका र १ छक्का प्रहार गरेका थिए ।
प्रारम्भिक ब्याट्सम्यान लिटन दासले ७ र मोहम्मद नाइमले २६ रन बनाएका थिए भने सौम्य सरकारले २ छक्का र १ चौकाको मद्दतले ३९ रनको महत्वपूर्ण पालि खेलेका थिए । बंगलादेशका महमदुल्लाहले १ छक्का र १ चौकाको मद्दतले १५ रन बनाएका थिए । खेलमा बंगलादेशका कप्तान मुस्फिकर प्लेयर अफ द म्याच घोषित भएका थिए ।
बंगलादेशले भारतमाथि यो पहिलो टी२० प्रतियोगिता जितेको हो ।
यो जितसँगै तीन खेलको यो शृंखलामा बंगलादेश १० ले अघि बढेको छ । अन्य दुई खेल राजकोटमा नोभेम्बर ७ मा र नागपुरमा नोभेम्बर १० मा हुनेछन् ।