२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई बेवास्ता गर्दै निजी मेडिकल कलेज: अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता



अ+ अ-

काठमाडौं । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक/पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै आएका छन् ।विद्यार्थीका अनुसार देवदह मेडिकल कलेजले ३१ करोड, चितवन मेडिकल कलेजले ६० करोड, विराट मेडिकल कलेजले ४२ करोड र नोबेल मेडिकल कलेजले ६० करोड रुपैयाँ अतिरिक्त शुल्क उठाइसकेका छन् ।

यस्तै, गण्डकी मेडिकल कलेजले ४५ करोड, नेसनल मेडिकल कलेजले ६० करोड, युनिभर्सल मेडिकल कलेजले ४५ करोड, किस्ट मेडिकल कलेजले ४५ करोड, नेपालगन्ज मेडिकल कलेजले ४५ करोड र मणिपाल मेडिकल कलेजले ३० करोड रुपैयाँ अतिरिक्त शुल्क लिएको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ । गण्डकी मेडिकल कलेजको हकमा गत फागुनमै एक महिनाभित्र बढी असुल गरिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको विद्यार्थी अनित सिन्हाले बताए ।

बढी शुल्क लिएको भन्दै कलेज प्रशासनमा विरोधमा उत्रिएका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीमाथि हातपात भएको छ । कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै बिहीबारदेखि विद्यार्थीले सुरु गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको पीडित विद्यार्थीले बताएका छन् । आन्दोलनमा सहभागी विद्यार्थीलाई अस्पताल प्रवेशमा समेत रोक लगाइएको थियो ।

नेपालका मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई आर्थिक, मानसिक र विभिन्न प्रकारका शोषण हुँदै आएको भन्दै युवा चिकित्सक संघ नेपालले नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेको छ । संघले काउन्सिलका अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएका हुन्।

सरकारले तोकेभन्दा बढी शुल्क असुलेको र शुल्क फिर्ताको माग गर्दा युनिभर्सल मेडिकल कलेज तथा वीरगन्जको नेसनल मेडिकल कलेजका विद्यार्थीलाई कलेज व्यवस्थापनले बन्धक बनाएको भन्दै ध्यानाकर्षणस्वरूप तालाबन्दी गरिएको संघका अध्यक्ष डा.चेतन वस्नेतले बताए । सरकारले गत वर्षका लागि एमबीबीएसमा ४२ लाख ४५ हजार रुपैयाँ र बीडीएसका लागि १९ लाख ३२ हजार रुपैयाँ तोकेको शुल्क तोकेको थियो ।

डा. केसी भोलिदेखि अनसन बस्दै: चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी १८ कात्तिकदेखि अनशन बस्दै छन् । चिकित्सा शिक्षाभित्र देखिएको विकृति अन्त्य गर्न सरकार उदासीन देखिएको भन्दै डा. केसी अनशन बस्न लागेका हुन् । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उनी १६ पटकसम्म अनशन बसिसकेका छन् । चिकित्सा शिक्षामा सुधार हुन नसक्दा यो क्षेत्रमा विकृति बढ्दै गएको डा. केसीको आरोप छ । राजधानी दैनिकबाट