२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता धवलशमशेर राणासहित सयौँ नेता–कार्यकर्ताले एकैपटक पार्टी परित्याग गरेपछि पार्टी प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

श्रेष्ठले धवलशमशेर राणालाई सम्बोधन गर्दै लेखेका छन्, “अनेक प्रयासका बाबजुद तपाईंलाई राप्रपामा जोगाउन सकिएन। अब नयाँ दल बनाउने घोषणा गर्नुभएको छ भने चुनाव बहिष्कार होइन, चुनाव लड्ने दल बनाउनुहोस्।”

उनले नयाँ दल निर्माणप्रति व्यंग्य गर्दै सरकार र सिंहदरबारप्रति आकांक्षा नराख्ने, आफ्नै चिन्हमा मतदान गर्ने नेता–कार्यकर्ता निर्माण गर्न सुझाव दिएका छन्। साथै, पार्टी अनुशासन र संगठनात्मक व्यवस्थाप्रति पनि कटाक्ष गरेका छन्।

श्रेष्ठले सक्रिय राजतन्त्रको एजेन्डा वर्तमान समयले स्वीकार नगर्ने दाबी गर्दै संवैधानिक राजसंस्थाको पक्षमा दल निर्माण गर्ने उद्देश्य भए पनि राणाले त्यस एजेन्डाप्रति नै धोका दिएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले राणाको विगतको भूमिकामाथि पनि प्रश्न उठाउँदै उनले विगत र वर्तमानका नेतृत्वलाई सहज रूपमा काम गर्न नदिएको आरोप लगाएका छन्। साथै, राप्रपा र अध्यक्ष राजेन्द्र लिङ्देनमाथि लगाइएका आरोपभन्दा फरक ढंगले पार्टी सञ्चालन गरेर देखाउन चुनौतीसमेत दिएका छन्।

श्रेष्ठले लेखेका छन्, “पार्टीका बैठकहरूमा तपाईंको हास्यरसको अभाव महसुस भइरहनेछ। अरूलाई प्रश्न गरेर राजनीतिक जीवन बिताउनुभयो, अब प्रश्न तपाईंमाथि उठ्नेछन्।”

धवलशमशेर राणासहित सयौँ नेता–कार्यकर्ताले पार्टी छोडेपछि राप्रपाभित्रको राजनीतिक तरंग थप चर्किएको देखिएको छ।




भर्खरै