२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनशक्ति नहुँदा भरतपुर अस्पतालको आइसियू एक महिनादेखि बन्द



अ+ अ-

चितवन । जनशक्ति अभावका कारण भरतपुर अस्पतालमा एक महिनादेखि आइसियू सेवा प्रभावित बनेको छ । २० बेडको आइसियू रहे पनि हाल १० बेड मात्र सञ्चालनमा रहेका अस्पताल प्रशासनले जनाएको छ ।

सरसफाइको बहाना बनाएर दसैँअघि नै अस्पतालले १० बेड आइसियू सञ्चालन बन्द गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीले हाल १० बेड मात्रै आइसियू सञ्चालन भइरहेको बताए  । आवश्यक डाक्टर तथा नर्स नहुँदा सबै आइसियू सेवा सुचारु गर्न नसकिएको उनले बताए ।

रिफर गर्न अस्पताल बाध्य:जनशक्ति अभावले उपचार सेवा दिन नसकेपछि अस्पतालले गम्भीर अवस्थाका कतिपय बिरामीलाई पनि साधारण बेडमै राखेर उपचार गराइरहेको छ । कतिपयलाई भने रिफर गरेर अन्य अस्पताल पठाउने गरेको छ । ‘मुख्य समस्या जनशक्ति अभाव नै हो,’ मेसु डा. तिवारीले भने, ‘आवश्यक डाक्टर र नर्स नहुँदा संवेदनशील कक्षका रूपमा रहेको आइसियू बन्द भइरहेको छ ।’

बन्द गर्नुको अर्को कारण आइसियू कक्षको नियमित सरसफाइसमेत रहेको बताए । तर, पूर्ण सरसफाइका लागि ३ दिन बन्द गरे पुग्छ । भरतपुर अस्पतालको आइसियूका आधा शøया महिना दिनदेखि बन्द छन् । भएको जनशक्ति कोही पढ्न जाने, कोही व्यावहारिक कारणले छाड्ने गर्दा समस्या भएको उनले बताए ।

अस्पतालका आइसियू इन्चार्ज डा. प्रकाश खतिवडाले भने बिरामीको चाप कम भएकाले बन्द हुँदा खासै प्रभाव नपरेको बताए । ‘आइसियू निकै संक्रमणयुक्त क्षेत्र हो, त्यसको नियमित सरसफाइ आवश्यक छ,’ उनले भने, ‘डेंगु संक्रमणमा कमी भएकाले आइसियू कक्षको प्रयोग पनि कम भएको छ । त्यसैले बन्द हुँदा पनि ठूलो प्रभाव परेको छैन । ’

दुईजना नर्सको भरमा आइसियू कक्ष:अति संवेदनशील मानिने आइसियू कक्षमा हरेक बेडका बिरामीको नियमित निगरानी राख्नुपर्ने हुन्छ । तर, यस्तो कामका लागि जम्मा दुईजना नर्स परिचालित छन् । उनीहरूले नै सबै बिरामीको हेरचाह गरिरहेका छन् । ६ जना मेडिकल अफिसर नियमित काममा हुनुपर्नेमा चारजनाले सेवा दिइरहेका छन् । अस्पतालले आइसियूमा काम गर्ने केहीलाई हटाएर अन्य स्थानमा पठाएको छ ।

‘अप्ठ्यारो अवस्थामा ड्युटीमा रहेकाले हामीलाई खबर गर्छन्, हामी तत्काल पुग्छौँ,’ इन्चार्ज डा। खतिवडाले भने, ‘सामान्य अवस्थामा नर्स र भएका मेडिकल अफिसरहरूले धानिरहेका छन् ।’ भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले कर्मचारी व्यवस्थापन र सरसफाइ दुवै कारणले आइसियू बन्द भएको बताए । पुनः सञ्चालनका लागि छलफल भइरहेको समेत उनले बताए । नयाँ पत्रिका दैनिकबाट