२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक जारी रहेको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको उक्त बैठकमा प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्ने उपायबारे पनि केन्द्रित छलफल भइरहेको छ।

बैठकमा सभापति लामिछानेले हालै सम्पन्न आफ्नो भारत भ्रमणका विषयमा समेत जानकारी गराएका छन्। सहभागी विभिन्न दलका नेताहरूले सर्वदलीय बैठकमार्फत संवादको सुरुवात भएकोमा स्वागत गर्दै समसामयिक राजनीतिक विषयमा आ–आफ्ना धारणा राखिरहेका छन्।

संसदमा लामो समयदेखि देखिएको अवरोध अन्त्य गर्दै संसदीय प्रक्रियालाई सहज बनाउने विषयमा सहमति खोज्ने प्रयास स्वरूप बैठक अघि बढिरहेको बताइएको छ।