२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य



अ+ अ-

काठमाडाैँ । रूपन्देहीको भैरहवास्थित एशियन होटल लिमिटेड (एशियन बुद्ध होटल) ले फिफा विश्वकप फुटबललाई लक्षित गर्दै विशेष प्रदर्शनी तथा खेलकुद प्रवद्र्धनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत फुटबल प्रेमीहरूका लागि सामूहिक रूपमा खेल हेर्ने व्यवस्था मिलाएको हो । यस कार्यक्रमका लागि होटलले नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी अञ्जन विष्टसँग सहकार्य गरेको छ ।

होटलका अध्यक्ष पारस अधिकारीकाअनुसार व्यापारिक प्रयोजनभन्दा माथि उठेर खेलकुदको माध्यमबाट समाजलाई जोड्ने र स्थानीय स्तरमा फुटबलको माहोल सिर्जना गर्ने उद्देश्यले यो पहल गरिएको हो ।

भैरहवामा ‘स्पोट्र्स बार’ को अभाव महशुस गर्दै होटलले क्रिकेटका गतिविधिमार्फत खेलकुद बारको अवधारणा शुरु गरेको थियो। सोही पूर्वाधारलाई प्रयोग गर्दै यसपटक फुटबल समर्थकहरूका लागि सामूहिक जमघट र मनोरञ्जनको थलो बनाउने होटलको योजना छ । मध्यरातमा हुने खेलहरूका बाबजुद पनि दर्शकहरूको उल्लेख्य उपस्थिति रहने र खेलप्रेमीहरूमा बेग्लै उत्साह पैदा हुने विश्वास अध्यक्ष अधिकारीले व्यक्त गर्नुभयो  ।

राष्ट्रिय खेलाडी अञ्जन विष्टको उपस्थितिले दर्शकहरूलाई थप गौरवान्वित र उत्साहित बनाउने होटलले जनाएको छ । एक्लै बसेर फुटबल हेर्नुभन्दा साथीभाइको जमघटमा सामूहिक रूपमा खेल हेर्नुको मजा बेग्लै हुने भन्दै होटलले भैरहवा र आसपासका सम्पूर्ण खेलप्रेमीहरूलाई होटलमा आएर विश्वकपको आनन्द लिन आह्वान गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले नेपाली फुटबलको दिगो विकासका लागि नियमित लिग र तल्लो तहको फुटबल संरचना (ग्रासरुट) बलियो हुनुपर्नेमा जोड दिनुभयो । हाल देशभर फुटबलको माहोल उत्साहजनक रहेको उल्लेख गर्दै विष्टले रोकिएर बसेको घरेलु लिगलाई निरन्तरता दिनु आवश्यक रहेको बताउनु भयो । आगामी दिनमा नेपाली फुटबलको अवस्थामा सुधार आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, उदीयमान खेलाडीहरूलाई सुझाव दिँदै विष्टले सफल फुटबलर बन्नका लागि अनुशासन, कडा परिश्रम र समर्पण अनिवार्य रहेको बताउनु भयो । खेलमा हार र जित स्वाभाविक प्रक्रिया भएको बताउँदै उहाँले हारबाट विचलित नभई थप बलियो भएर मैदानमा फर्कन खेलाडीहरूलाई आग्रह गर्नुभयो । पराजयलाई अन्त्य नभई आफूलाई सुधार्ने अवसरका रूपमा लिनुपर्ने उहाँको सुझाव छ ।