२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु



FILE – A health worker sprays disinfectant on his colleague after working at an Ebola treatment center in Beni, eastern Congo, Sept 9, 2018. (AP Photo/Al-hadji Kudra Maliro, File)
अ+ अ-

काठमाडाैँ । कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला स्‌क्रमितको संख्या ५१५ पुगेको छ भने ९१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रोगको फैलावट अझै नियन्त्रणमा आएको छैन र नियन्त्रणका उपाय तुरुन्त प्रभावकारी रूपमा लागू नगरे अवस्था झन् बिग्रिन सक्ने चेतावनी दिइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप तीन जना बिरामी निको भएपछि निको हुनेको संख्या १२ पुगेको छ ।

हाल ११७ जना शंकास्पद संक्रमित रहेका छन् भने २८३ जना बिरामी आइसोलेसन वा उपचारमा छन् । धेरैजसो पुष्टि भएका बिरामीहरूमा लक्षण जेठ १ देखि जेठ १० बीच देखिएको पाइएको छ, जसले सम्भावित एउटै स्रोतबाट संक्रमण तीव्र रूपमा फैलिएको सङ्केत गरेको छ । जेठ १२ देखि असार १ बीच पनि नयाँ बिरामीहरूमा लक्षण देखिनु संक्रमण अझ फैलिरहेको प्रमाण भएको बताइएको छ । स्वास्थ्य अधिकारीहरूले समयमै कडा नियन्त्रण उपाय नअपनाइए संक्रमित संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

रोग नियन्त्रण प्रयासहरू कमजोर सम्पर्क निगरानी, समुदायको असहयोग, उपचार केन्द्रहरूको सीमित क्षमता, संक्रमण रोकथाम सामग्रीको अभाव र बजेट अभावका कारण प्रभावित भएका छन् । तीन प्रभावित प्रान्तमा सम्पर्क निगरानी दर ५०.३ प्रतिशत मात्र रहेको छ, जुन लक्ष्य ९५ प्रतिशतभन्दा धेरै कम हो ।

उत्तर किभु क्षेत्रमा परीक्षण सामग्रीको अभावका कारण १९३ परीक्षण नतिजा अझै पर्खाइमा रहेका छन् । हालको प्रकोप बन्डिबुग्यो प्रकारको इबोला भाइरसका कारण भएको हो, जसलाई जेठ १ मा औपचारिक रूपमा घोषणा गरिएको थियो ।