१० असार २०८३, बुधबार
,
Latest
गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकलाई यस्तो खुसीको खबर ! अबदेखी….



अ+ अ-

तनहुँ । तनहुँको भीमाद नगरपालिका-९ कटनछापका ७५ वर्षीय गुमानसिं थापाले साउन अघि प्रतिमहीना रु दुई हजार भत्ता बुझ्नुहुन्थ्यो । साउनदेखि भने थापाले प्रतिमहीना रु तीन हजारको दरले चार महीनाको एकमुष्ठ रु १२ हजार बुझ्नुभयो । सरकारले साउनदेखि सामाजिक सुरक्षाभत्तामा वृद्धि गरेसँगै थापालगायत ज्येष्ठ नागरिक खुशी भएका छन् ।

“भत्ता बढ्यो भन्ने समाचारमा त सुनेका थियौँ”, उहाँले खुशी हुँदै भन्नुभयो, “अहिले हातमै रकम पाए पछि पक्का भयो ।” सोही वडाको पाथर्दीटोलका ७६ वर्षीया बोमाया राना पनि रु १२ हजार भत्ता बुझ्दा प्रफुल्लित हुनुहुन्थ्यो । “यसअघि मासिक रु दुई हजारको दरले भत्ता बुझ्थेँ, अहिले बढेर रु तीन हजार पुगेछ”, उहाँले भन्नुभयो, “भत्ता वृद्धि भएसँगै दैनिक घरखर्च चलाउन सहज हुने भयो ।”

वडा कार्यालयले गण्डकी विकास बैंक भीमाद शाखाको सहयोगमा वडा कार्यालयबाटै २३७ ज्येष्ठ नागरिकलाई तिहारको पूर्वसन्ध्यामा सामाजिक सुरक्षाभत्तावापतको रकम वितरण गरेको छ । वडाध्यक्ष इमान थापाले कूल लाभग्राही ३६७ मध्ये वडा कार्यालयमार्फत २३७ जनालाई भत्ता वितरण गरिएको जानकारी दिनुभयो । “अन्य लाभग्राही वडाभन्दा बाहिर रहेकाले उनीहरुको रकम बैंकमै पठाइएको छ”, उहाँले भन्नुभयो ।

सरकारले गएको जेठ १५ गते आव २०७६/७७ को बजेटमार्फत वृद्धभत्ता रु तीन हजार तथा एकल महिलाको भत्ता मासिक रु दुई हजार पुर्याएको छ । यसअघि वृद्धभत्ता मासिक रु दुई हजार र एकल महिलालाई रु एक हजार भत्ता दिइँदै आएको थियो । त्यस्तै अशक्त, अपाङ्गता भएका, लोपोन्मुख आदिवासी र जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षाभत्ता पनि रु एक हजार बढाइएको छ ।