२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेत



अ+ अ-

काठमाडौं । सोफिया तामाङले टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि जितेकी छन्। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब हलमा आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै उनले विजेताको ताज हात पारेकी हुन्।

प्रतियोगिताको अन्तिम चरणमा पुगेका ६ जना प्रतिस्पर्धीबीच सूचना प्रविधि (आईटी) सम्बन्धी विभिन्न चुनौतीपूर्ण कार्यहरूमा आधारित प्रतिस्पर्धा भएको थियो। तीमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा सोफिया तामाङ विजेता घोषित भएकी हुन्।

प्रतियोगितामा प्रार्थना मिश्रा प्रथम उपविजेता तथा बिबेक अधिकारी द्वितीय उपविजेता घोषित भए। विजेता तामाङले नगद १ लाख रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित हुने अवसर प्राप्त गरिन्। यस्तै, प्रथम उपविजेता मिश्राले नगद ५० हजार रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारीको अवसर हासिल गरिन्।

कार्यक्रमका प्रमुख अतिथि रायन ओ’कोनेलले नेपाली युवाहरूमा बढ्दो सूचना प्रविधि प्रतिभाको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय स्तरको सीप विकासको आवश्यकतामाथि जोड दिएका थिए। उनले विश्वव्यापी प्रतिस्पर्धामा सफल हुन प्राविधिक दक्षता र व्यावसायिक सीपको महत्व निरन्तर बढ्दै गएको बताए।

विशेष अतिथि रञ्जन राजाले साइबर सुरक्षा तथा डिजिटल सचेतनाको महत्वबारे प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित प्रविधि प्रयोग अपरिहार्य रहेको उल्लेख गरे। त्यसैगरी, पत्रकार तथा सञ्चारकर्मी सरल गुरुङले डिजिटल युगमा सीप विकास, प्रभावकारी सञ्चार र व्यक्तिगत ब्रान्डिङको महत्वबारे धारणा राख्दै युवाहरूलाई निरन्तर सिकाइ र क्षमता अभिवृद्धिमा केन्द्रित हुन आग्रह गरे।

कार्यक्रम बिराज भडेलको नेतृत्वमा सम्पन्न भएको थियो। उनले नेपाली विद्यार्थी तथा युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको सीप, रोजगारीका अवसर र करियर मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

ग्राण्ड फिनालेमा विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पुरस्कार, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमले नेपाली युवाहरूलाई विश्वस्तरीय सूचना प्रविधि सीप विकास, करियर निर्माण तथा अन्तर्राष्ट्रिय रोजगारीका लागि तयारी गर्न प्रेरित गर्ने प्रभावकारी मञ्चका रूपमा आफूलाई स्थापित गरेको छ।