२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा.वाग्ले



अ+ अ-

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर तथा नीतिगत व्यवस्थामा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ।

बिहीबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले आफूविरुद्ध लगाइएका आरोपहरू निराधार रहेको बताउनुभयो। नैतिकताको उच्च मापदण्ड कायम राख्दै सार्वजनिक जीवन बिताएको व्यक्तित्वमाथि नियोजित रूपमा प्रहार गर्ने र बदनाम गर्ने प्रयास भइरहेको भन्दै उहाँ भावुक समेत हुनुभयो।

उहाँले आफूले कुनै प्रकारको आर्थिक अनियमितता नगरेको दाबी गर्दै प्रमाण प्रस्तुत गर्न चुनौती दिनुभयो।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, म अर्थमन्त्री पद मात्र होइन, राजनीति र सम्पूर्ण सार्वजनिक जीवन नै त्याग्न तयार छु,” मन्त्री वाग्लेले भन्नुभयो।

उहाँले नैतिकताको विषयमा आफू दृढ रहेको उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले पनि यस्तै जवाफदेहिता र उत्तरदायित्व प्रदर्शन गर्नुपर्ने धारणा राख्नुभयो।

हाल विद्युतीय गाडीसम्बन्धी नीतिगत निर्णय र सूचना चुहावटको विषयलाई लिएर विभिन्न आरोप–प्रत्यारोप भइरहेका बेला मन्त्री वाग्लेले समितिमार्फत आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुभएको हो।