१० असार २०८३, बुधबार
,
Latest
गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्ध्या आचार्य बनिन् ‘छमछमी सिजन ४’ को विजेता



अ+ अ-

काठमाडौँ। हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छिन्। काठमाडौँमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन्। उनलाई पुरस्कारस्वरुप अल्टो के १० गाडी प्रदान गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरे।

प्रतिस्पर्धामा महोत्तरीका नेशन सुश्लिङ मगर फष्ट रनरअप हुँदै नगद रु पाँच लाख र झापाकी दिलमाया लिम्बु सेकेण्ड रनर अप हुँदै नगद रु तीन लाख प्राप्त गरे। २०७५ कात्तिक १७ गतेदेखि शुरु भएको प्रतियोगितामा सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएको थियो। अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दिलमाया लिम्बु, महोत्तरीका नेशन सुश्लिङ मगर, पोखराकी सपना थापा र मकवानपुरकी सन्ध्या थिए।

२०६६ सालदेखि नेपाल टेलिभिजनले कार्यक्रम शुरु गरेको थियो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षमताको प्रफुटन हुने महत्वपूर्ण स्थान नेपाल टेलिभिजन भएको भन्दै अझै यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले राम्रो कलाकार उत्पादन गर्नका लागि टेलिभिजनले दूरदराजका नृत्य प्रतिभालाई प्रष्फुटित गराउने अवसर प्रदान गरेको उल्लेख गरे।