१० असार २०८३, बुधबार
,
Latest
गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्ल्ड लिंकमा १ अर्ब ३५ करोड विदेशी लगानी, गुणस्तर बढाउने मुख्य लक्ष



अ+ अ-

काठमाडौं । नेपालकाे प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी ल्याएको छ । बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले सो रकम बराबरको वर्ल्ड लिंकको १० प्रतिशत इक्वीटी खरिद गर्न लागेको हो । सिडिसीले नेपालमा पहिलो पटक लगानी भित्र्याएको हो ।

बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको विकास वित्त संस्था सिडिसी ग्रुपले लामो समयदेखि विश्वका विभिन्न क्षत्रेमा लगानी गर्दै आएको छ । बिहीबार लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतापछि कम्पनीको सेवालाई थप क्षेत्रमा विस्तार गर्न र गुणस्तर बढाउन सहयोग पुग्ने वर्ल्ड लिंकले जनाएको छ ।

कम्पनीका प्रवन्ध निर्देशक दिलिप अग्रवाल नयाँ लगानीले कम्पनीलाई विश्वस्तरीय बनाउन सहयोग पुग्ने बताउँछन् । उनका अनुसार यो विदेशी लगानीबाट कम्पनी निकै उत्साहित बनेको छ । यसको लाभ ग्राहकदेखि मुलुकले नै उठाउने कम्पनीको दावी छ । वर्ल्डलिंक अन्तरगत अहिले ३ हजार कर्मच्ाारी कार्यरत छन् अब लगानी थप भएपछि एक हजार थप रोजगारी सिर्जना हुने बताइएको छ ।

वरल्ड लिंक अहिले नेपालमा केबल इन्टरनेट सेवा प्रदायकमा एक नमबर स्थानमा छ । यो कम्पनीको सेवा अन्यको भन्दा उत्कृष्ट रहेको ग्राहकको अनुभवनाले पनि देखाएको छ । कम्पनीले थपिएको पुँजीबाट ग्राहकलाई थप सन्तुष्ट बनाउन सहयोग पुग्ने बताएको छ।